२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसम बदली, वर्षासँगै हल्का हिमपातको सम्भावना



काठमाडौँ
२१ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ । अन्य भू भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै बागमती प्रदेशको थोरै स्थान तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले राससलाई जानकारी दिएका छन् ।

उनकधा अनुसार बिहानदेखि सुदूरपश्चिमबाट पानी पर्न सुरु भई अहिले नेपालगञ्जसम्म पानी पर्न थालेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि बिहानदेखि हल्कादेखि मध्यम हिमपातको भइरहेको छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन किलोमिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँको आजको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् झाले बताए ।

उनका अनुसार देशका उच्च तथा हिमाली भू–भागमा हल्का वर्षा जारी रहे पनि भोलि सोमबारबाट देशका अन्य क्षेत्रको मौसममा भने सुधार हुनुका साथै तपक्रम पनि क्रमिकरूपमा बढ्दै जाने छ ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।