२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले धादिङको अधिवेशनमा कुटाकुट, एक कार्यकर्ताको हात भाँचियो



२१ माघ । नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनमा लफडा भएको छ। शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै अधिवेशन स्थगित गरिएको छ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जनाएका छन्। अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ। त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको ढुंगेलले बताए।

यता, पार्टीको लेटरहेट प्रयोग नगरी सार्वजनिक गरिएको प्रदेश अध्यक्ष कैलाश ढुंगेलले हस्ताक्षर गरेको विज्ञप्ती किर्ते भएको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले दाबी गरे।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।