१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘इण्डियन आइडल’बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिइन्



काठमाडौं
२१ माघ । नेपाली गायिका मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।
उत्कृष्ट १० स्थानमा रहेकी उनी आइतबारको श्रृखलाबाट बाहिरिएकी हुन् ।
मेनुकाले सामाजिक संजालमार्फत आफू इण्डियन आइडलको यात्रा टुंगिएको जानकारी दिएकी छिन् । उनी लेखेकी छिन्, मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’
सामाजिक सञ्जालमार्फत उनले आफूसँग वर्षभरि नै आफ्नो गीत संगीतको योजना रहेको लेखेकी छिन् । उनी लेख्छिन्, ‘यो मेरो सुरुवात हो, समाप्ती होइन’ ।
आइडलको प्रतिश्पर्धाकै क्रममा उनले बलिउडको चलचित्र ‘सलार’को एक गीत गाउदै डेब्यु गरेकी थिइन् । चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्ने बताइएको छ ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ३८ बजे