६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


देशभरका चलचित्र भवन बन्द



काठमाडौँ
२२ माघ । सरकारले अनावश्यक कर लगाएको भन्दै विरोध गर्दै आज देशभरका चलचित्र भवन बन्द भएका छन् ।
चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोध गर्दै चलचित्र भवन बन्द गरेका हुन् ।
सरकारले नेपाली चलचित्र प्रदर्शनमा स्थानीय मनोरञ्जन कर ५ प्रतिशत र मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत गरी १८ प्रतिशत कर लिदै आएको छ ।
विदेशी चलचित्रमा भने चलचित्र विकास शुल्क थप १५ प्रतिशत सहित ३३ प्रतिशत कर लिने गरेको छ । ।
सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप चलचित्र भवन बन्द गरिएको बताए ।

“अनावश्यक कर तिर्न बाध्य भएका छौँ । हाम्रो व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको छ”, महासचिव महर्जनले भने ।

उनले देशभर एक सय ५० चलचित्र भवन सञ्चालनमा छन् । पछिल्लो समय भुकम्प,कोरोना महामारीपछिको आर्थिक मन्दीसँगै चलचित्र भवनहरु बन्द भइरहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ०६ बजे