६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मेनुकालाई काँकडभिट्टामा भव्य स्वागत



२१ माघ । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे । उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो ।

धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरे । गृहनगर चारआलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरिएकाे थियाे ।

उक्त समारोहमा मेनुकालाई सबैलाई धन्यवाद दिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले मेनुकालाई सम्मान प्रदान गरे । उनी गृहनगर आउँदा सर्वसाधारण बाटोमा माला लिएर प्रतिक्षा गरिरहेको बताइएको छ । इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ५१ बजे