६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सक्किगोनी टिम नयाँ फिल्म निर्माणको तयारीमा



२३ माघ । नेपालको सर्वाधिक चर्चित टेलिश्रृंखला होस् ‘सक्कीगोनी’। यतिबेला सक्किगाेनी टिम नयाँ फिल्म निर्माणको तयारीमा जुटेको छ।

हाल यो टिमले धादिङस्थित नौबिसेको एक रिसोर्टमा फिल्मको स्क्रिप्ट लेखन कार्य गरिरहेको छ। जहाँ कुमार कट्टेल (जिग्री) सहित दीपक प्रसाद आचार्य, हरी निरौला उपस्थित छन्। उनीहरु १५ दिनदेखि स्क्रिप्टमा काम गरिरहेका छन्।

सोसल कमेडी जनरामा निर्माण हुने फिल्मको नाम र कलाकारबारे निर्णाण टिमले खुलाएको छैन। छिट्टै एक कार्यक्रममार्फत फिल्मको औपचारिक घोषणा गर्ने निर्माण टिमको लक्ष्य छ।

यस फिल्मलाई आगामी वर्ष रिलिज गरिनेछ। फिल्मको तयारीका लागि भनेर यो टिमले सिरियल ‘सक्कीगोनी’ को छायाङ्कन दिनरात नभनि गरिएको थियो।

यो सिरियल कट्टेलसहित अर्जुन घिमिरे (पाँडे) को लेखन तथा निर्देशनमा बन्दै आएको छ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : ३६ बजे