२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बीपी प्रतिष्ठानको विवाद तत्काल समाधान गर्न प्रधानमन्त्रीलाई डा.तोसिमा कार्कीको पत्र



२३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेकी छन् ।

मंगलबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’लाई पत्र लेख्दै उनले बारम्बार हुने गरेका बन्द, हड्तालका कारण उक्त प्रतिष्ठान क्षयीकरणको क्रममा रहेको र यो देशकै लागि दुखद र नोक्सानको विषय भएको बताएकी हुन् ।

२०५० सालमा धरानमा स्थापित प्रतिष्ठान नेपालको एक अग्रणी स्वास्थ्य संस्था र पूर्वी भेगको एक विशिष्टकृत रिफरल अस्पतालको रूपमा रहँदै आएको छ । ‘तर बारम्बार हुने गरेका बन्द, हड्ताल जस्ता विषम परिस्थितिले देशको स्वास्थ्य र मेडिकल शिक्षाको मेरुदण्ड मध्येको एकको रूपमा स्थापित प्रतिष्ठान आज क्षयीकरणको क्रममा छ, जुन सिंगो देशकै लागि दुःखद र नोक्सानको विषय हो,’ उनले भनेकी छिन् ।

प्रतिष्ठानको विकास र विस्तारमा योगदान गरेका शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवा लामो समयदेखि रोकिएकाले उनीहरूमा उत्प्रेरणा र ऊर्जा हराउँदै गएको डा. कार्कीले बताएकी छन् । पटक पटक आन्दोलन र सम्झौता हुने तर समस्या समाधान नभएको भन्दा उनले गत भदौ १३ देखि २४ गतेसम्म र असोज २२ देखि कात्तिक २० गतेसम्म चरणबद्ध रूपमा भएका शिक्षकहरूको आन्दोलनले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको जानकारी गराएकी छन् ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।