१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सानोठिमी क्याम्पसका प्रमुखको कुर्सी विद्यार्थीले रुखमा झुण्ड्याइदिए



२३ माघ । क्याम्पस प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै सानोठिमी क्याम्पसको कुर्सी विद्यार्थीले रुखमा झुण्ड्याइदिएका छन्। मंगलबार बिहान १०–३० बजेको समयमा नेकपा माओवादीको विद्यार्थी संगठन बाहेक अन्य अनेरास्ववियु,नेबिसंघ लगायत ५ संगठनले कुर्सी झुण्ड्याएका हुन्।

अवैध रुपमा होस्टेलमा छात्रावास भएको भन्दै निकाल्न ५ संगठनले माग गरेको थियो। अवैध रुपमा बसेकालाई निकाली ३० दिन भित्र कोटा अनुसार राख्न ५ संगठन र क्याम्पस प्रमुखको सहमति भएको थियो।

माग पूरा नभएको भन्दै ५ संगठनले कुर्सी झुण्ड्याएका तर क्याम्पस प्रमुख बाहिर गएका कारण पछि कुरा नमिलेपछि यथास्थानमा राखेका सानोठिमी प्रहरीले जनाएको छ।

विद्यार्थीले पटकपटक रुखमा कुर्सी झुण्ड्याइरहेका छन्। यसअघि पनि भक्तपुर बहुमुखी क्याम्पस नवनियुक्त क्याम्पस प्रमुखको कुर्सी नेविसंघका कार्यकर्ताले २२ जेठमा नेमप्लेट लगेर नजिकैको रुखमा झुन्ड्याइदिएका थिए।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।