१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्करपछि युवकको मृत्यु



काठमाडौं
२३ माघ । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित सडकमा मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार बेलुकी मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : १२ बजे