६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र हात्तीछाप हेरेपछि सौगात मल्लले भने,‘मेरो अभिनय मन परेन’



ललितखबर
२४ माघ । राजधानी काठमाडौंमा मंगलबार चलचित्र हेरेपछि अभिनेता सौगात मल्लले आफ्नो अभिनय मन नपरेको बताएका छन् ।
एक चलचित्र भवनमा आयोजित प्रिमियरमा चलचित्र हेरेर फर्कने क्रममा पत्रकारहरुसँग अभिनेता मल्लले चलचित्रको पक्षमा खुलेर बोलेनन् । उनले चलचित्र राम्रो रहेको समेत बताउन चाहेनन् ।
प्रर्दशनपछि चलचित्रको पात्र ‘बोटल राजा’को रुपमा चिन्ने विषयसमेत उनले संशय व्यक्त गरे । उनले चलचित्रको विषयमा भने, ‘खै दर्शकले कसरी लिन्छन् । थाहा छैन । मैले पनि कुर्ने हो ।’
उनले आफ्नो अभिनय नराम्रो लागे पनि अन्य कालकारको अभिनय भने मन परेको प्रतिकृया दिए । उनले आफ्नो अभिनयबारे कहिले पनि केही भन्न नसक्ने बताएका हुन् ।
केही समयअघि चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै आफ्नो अभिनय ट्रेलरमा सशक्त रुपमा नराखिएको भन्दै असन्तुष्टि जनाएको विषय सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको थियो ।
चलचित्र हेरेर मुख्य कलाकार समेत रहेका मल्ल आफैले चलचित्रको सकारात्मक प्रचार प्रसार गर्न नचाहेको देखिएको छ ।
चलचित्रको प्रिमियरमा उपासना सिंह ठकुरी,बेनिसा हमाललगायत सहभागी थिए ।
चलचित्र हेरेपछि अभिनेत्री बेनिसा हमालले पनि चलचित्रबारे मुख चपाएर बोलिन् । उनले आफ्नो भूमिकामा रमाएको प्रतिकृया दिदै चलचित्रले दर्शकलाई बाध्ने बताइन् । उपासनासिंहले चलचित्रको अन्त्य दमदार रहेकाले राम्रो हुने प्रतिकृया दिइन् ।
चलचित्रको प्रशंसा गर्न छोडेर बेनिसा र उपासनाले एक अर्काको प्रशंशा गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : ३८ बजे