१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चलचित्र हात्तिछापमा सौगात मल्लले निर शाहको अभिनय कपि गरेको आरोप



२४ माघ । चलचित्र हेरेपछि निर्देशक शोभित बस्नेतले अभिनेता सौगात मल्लको अभिनय निर शाहको अभिनय कपि गरेको प्रतिकृया दिएका छन् ।
राजधानीमा मंगलबार आयोजित प्रिमियरपछि संचारकर्मीहरुसँग बोल्दै उनले नेपाली चलचित्र क्षेत्रको भिष्मपितामह निर शाहको जस्तै ठ्याक्कै दुरुस्तै कपि गरेको र यस्तो अभिनय राम्रो कलाकारले मात्रै गर्नसक्ने भन्दै व्यङ्य गरे ।
उनले चलचित्रको रिभ्यु दिने क्रममा अभिनेता सौगात मल्लको अभिनय मन परेको कुरा भन्न भने छुटाएनन् ।
चलचित्र हात्तीछाप हात्तीछापजस्तै बनेको र चलचित्र चलचित्र जस्तो बनेको भन्न भ्याए । उनले चलचित्र हेरुञ्जेल राम्रो लागेको बताए ।
चलचित्रको प्रिमियर कार्यक्रममा शुभेच्छुक कलाकारलाई निम्ता दिने र निम्तालु कलाकारले चलचित्र हेरेपछि सकारात्मक प्रतिकृया दिने चलन छ । तर प्रिमियरमा सहधागी कलाकारहरुले राम्रो भनेका चलचित्र हलमा एक दिन पनि टिक्न नसकेको धेरै उदाहरण पाइन्छ ।

 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ३४ बजे