२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा पनि रूख काट्न वडाध्यक्षको सूचना



२४ माघ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले बाँदर तथा वन्य जीवजन्तुबाट बाली जोगाउन निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।
वडाध्यक्ष शिवकुमार कार्कीले मंगलबार एक सूचना निकाल्दै फागुन महिनाभरी रूख काटी झाडी सुधार गर्न सबैमा सूचना जारी गरेका हुन् ।

बाँदर तथा वन्यजन्तुले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा रहेको रुखबिरुवा काटी जिवजन्तुका वासस्थान नष्ट गर्न सूचनामा भनिएको छ ।

यसअघि पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको थियो । तर, महानगरले कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।