१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुपाल्चोकमा तीन सवारी ठोक्किए, एक युवकको मृत्यु, २ घाइते



२५ माघ । सिन्धुपाल्चोकमा योद्धा गाडीले स्कुटर र मोटरसाइकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक युवतीसहित दुई जना घाइते भएका छन्। चौतारा साँगाचोकगडी नगरपालिका १० बलेफीमा बुधबार साँझ सुकुटेबाट काठमाडौँतर्फ जाँदै गरेको बा १९ च ९१२३ नम्बरको योद्धा गाडीले काठमाडौँबाट दोलखातर्फ जाँदै गरेको बागमती प्रदेश ०२०२७ प ८५६२ नम्बरको स्कुटर र बा ४२ प ४१६० नम्बरको मोटरसाइकललाई एक साथ ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुका २० वर्षीय प्रज्वल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। तामाङ स्कुटरमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई  उपचारकालागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

तामाङले चलाएको स्कुटीकै पछाडि बसेकी उदयपुरको गाईघाट घर भएकी २० वर्षीया निलु राई घाइते भएकी छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका १ का ५२ वर्षीय थपबहादुर कार्की पनि घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनापछि योद्धा गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।