२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर इमाडोलको तीनतले घरबाट हाम फाल्दा महिलाको मृत्यु, दुई वालक कोठामा अचेत, एकको मृत्यु



२७ माघ
२७ माघ । ललितपुर इमाडोलको तीनतले घरबाट एक महिलाले हाम फाल्दा उनको मृत्यु भएको छ भने दुई बच्चा कोठामा बेहास अवस्थामा फेला परेपछि अस्पतालमा लैजाने क्रममा एक वालकको पनि मृत्यु भएको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका ३, इमाडोल ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले बताए ।
लगत्तै कोठामा दुई जना बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । उनकी छोरी २ वर्षीया रविना महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो । दुवैको पनि उपचारका क्रममा मृत्यु भएको एसएसपी खनालले बताए ।

दुई जनाको मृत्युको कारण खुलेको छैन । घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् ।

 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।