१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चलचित्र ‘अगस्त्य’ : मधेसमा अभिनेता सौगातको रोमान्स मलिकासँग, नयाँ गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक



२८ माघ । चलचित्र ‘अगस्त्य च्याप्टर १’को नयाँ ‘मायामा तिम्रै मायामा’ सार्वजनिक भएसँगै मधेसमा अभिनेता सौगात मल्ल अभिनेत्री मलिका महतसँग रोमान्स गरिरहेको दृश्य सार्वजनिक भएको छ ।
अभिनेता सौगात मल्लको बहुप्रतिक्षित चलचित्र ‘अगस्त्य च्याप्टर १’ मा यी जोडीको नयाँ खाले अभिनय हेर्न पाइने अपेक्षा बढेको छ । पछिल्लो समय प्रर्दशन भइरहेका चलचित्रमा अभिनेता सौगात नयाँ नयाँ चरित्रमा देखिएसँगै उनको अभिनयको तारिफ भइरहेको छ ।
फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको हो ।
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन् ।
गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायतका फिचर्ड छन् ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।
चलचित्रमा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ ।
यो चलचित्र फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : ०१ बजे