९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा एकै दिन चार जना मृत फेला



काठमाडौं
२८ माघ । राजधानीमा शनिबार एकै दिन फरक फरक ठाँउमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार शनिबार राजधानीको विजयचोक,धापासी, सूर्यविनायक र इमाडोलमा चार जना मृत फेला परेका हुन् ।
काठमाडौं महानगरपालिक ९ बिजयचोकस्थित सिरहा धनुषा गेष्ट हाउसमा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली घर र सन्दिप लामा नाम टिपाएका पुरूष र ती महिला शुक्रबारदेखि उक्त होटलमा बसेको कोठामा महिलाको शव फेला परेको थियो । घटनाको सूचनापछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले हाल फरार पुरूषको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी काठमाडौं टोखा नगरपालिका ६ धापासीस्थित टहरामा डेरा गरी बस्ने ओखलढुङगा लिखु गाउँपालिका ३ घर भएका २३ वर्षीय दिपेश खड्का सोही टहरामा गएराति मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
साथै भक्तपुरको सूर्यबिनायक नगरपालिका ४ शान्भी गर्ल्स होस्टेलमा बस्ने जाजरकोट नलगाड नगरपालिका ४ घर भएकी २८ वर्षीया कौसिला गौतम आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका १ ईमाडोलस्थित गल्लीमा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका घर भएका ६० वर्षीय नाबुराम तुलामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चार घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ०६ बजे