२८ माघ । काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा आइतबार काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन् ।
महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुको माग छ ।
प्रतिक्रिया