२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्ष बादे १५ लाख धरौटीमा रिहा



२८ माघ । सेवाग्राहीबाट १५ लाख रूपैयाँ घुससहित पक्राउ परेका वडाध्यक्ष नृपेश बादे धरौटीमा रिहा भएका छन्। काभ्रेको बनेपा नगरपालिका  ९ का वडाध्यक्ष नृपेश बादेलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख रूपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो।

आइतबार भएको बयान र थुनछेक बहसपछि अदालतले उनलाई बिगोबराबरको धरौटी रकम बुझाएर बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न सक्ने आदेश दिएको हो।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट रंगेहात पक्राउ गरेको थियो। अख्तियारले उनका विरूद्धमा माघ २६ भ्रष्टाचार मुद्दा दायर गरेको थियो। वादे २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।