२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


यातायातका महानिर्देशक रिजाललाई कार्यालयमै दलियो कालोमोसो



२९ माघ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ। सोमबार महानिर्देशक रिजालमाथि मीनभवनस्थित कार्यालयमै कालोमोसो दलिएको हो।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनीमाथि कालोमोसो दलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय लाइसेन्समा भएको घोटाला तथा नक्कली लाइसेन्सको विषय बाहिर आएको छ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।