९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बुवालाई भेट्न र फिल्म सुटिङका लागि अष्ट्रेलिया आएकी हुँ: मिस पबी



२९ माघ । टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन् ।
उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन् । अष्ट्रेलियामा खिचिएको यो भिडियो गत साता पोस्ट भएको थियो । मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् ।

यो भाइरल भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्नखाले टिप्पणी गरिरहेका छन् । यसबीच, मिस पबीले सोमबार फेसबुकबाट यो चर्चाबारे प्रष्टीकरण दिएकी छन् ।

उनले बुवा भेट्न र एक फिल्म छायांकनको लागि आफू अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन् । सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडियो बनाउन त्यहाँ बोलाएको र सोही सिलसिलामा भिडियो खिचिएको बताएकी छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ४० बजे