१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जयवागेश्वरी मन्दिरमा ‘ग्वलः अर्केष्ट्रा २०८०’ आयोजना हुदैँ



 

काठमाडौँ
२ फागुन । काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका वडा ८ अन्तरगत रहेको जयवागेश्वरी मन्दिर परिसरमा ग्वलः अर्केष्ट्रा २०८० आयोजना हुने भएको छ ।
काठमाडौँ महानगरपालिका तथा विभिन्न बाजागाजा संरक्षणमा कटिवद्ध रहेका विभिन्न चौधबाट क्लबहरूको सहभागीता तथा सहकार्यमा ग्वलः अर्केष्ट्रा २०८० आयोजना गरिएको हो ।
त्यस्तै, अर्केष्ट्रा २०८० फागुन ५ गते शनिबार दिउँसो ३ बजे आयोजना गरिएको कार्यक्रम संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का आशामान संगतले जानकारी दिएका छन् ।
विभिन्न ग्वल क्षेत्र लगायतका स्थानीय क्लब, संघसंस्था, बाजा खलः, पुचः तथा टोलहरू कार्यक्रमा सहभागी रहने र युवापुस्ता केन्द्रीत बाजागाजाको संरक्षणार्थ ग्वलः क्षेत्रको पहिचानका लागि ग्वलः अर्केष्ट्रा आयोजना गरिएको संयोजक संगलले बताए ।
अर्केष्ट्रामा १५० भन्दा बढि कलाकारहरूको सहभागीता रहेको छ । अर्केष्ट्रामा एउटै मञ्चबाट विभिन्न बाजाहरू मार्फत विभिन्न धुनहरू प्रस्तुत गर्न लागिएको हो ।
त्यस्तै, अर्केष्ट्राका लागि स्थानीय क्लबका प्रतिनिधिहरूले करिब एक महिनादेखि तयारी शुरूवात गरेका थिए । विभिन्न संयोजक तोकेर संयोजकहरूको नेतृत्वमा अर्केष्ट्राको व्यवस्थापन अन्तिम चरणमा रहेको छ ।
काठमाडौँ महानगरपालिकाले बाजागाजा तथा संस्कृतिको संरक्षणार्थ तथा मौलिकपन दर्शाउनका लागि अथक प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएकोक वडा अध्यक्ष एवं कार्यक्रम संयोजक आशामान संगतले बताए ।
विभिन्न नेवारी पहिचान, बस्ती, आफ्नै कला, संस्कृति, बाजागाजा, मौलिकपन, परम्परागत धुन, धार्मिक स्थल मठमन्दिरको संरक्षणका लागि ग्वलः क्षेत्रमा रहेका नौवटा पौखरी, नौवटा ढुङ्गेधारा, नौवटा जात, नौवटा इनार, नौवटा ढोका, नौवटा टोल, नौवटा शक्तिपिठ, नौवटा पाटिपौवा तथा नौवटा डवलीको संरक्षणका लागि अर्केष्ट्रा आयोजना गरिएको हो । अर्केष्ट्रा मार्फत यी क्षेत्रको पहिचानलाई विश्वमाझ झल्काउने प्रयत्न गरिएको संगतले बताए ।
कार्यक्रममा करिब एक हजार व्यक्तिको सहभागीता रहने अनुमान गरिएको छ । त्यस्तै, कार्यक्रममा प्रशिक्षकका रूपमा शिव कुमार संगत एवं बाजा गुरू राजेश संगत रहेका छन् भने, सहायक प्रशिक्षकहरू मार्फत कलाकारहरू तयार गरिएको छ । अर्केष्ट्रा मार्फत विभिन्न संस्कृतिलाई विश्वमाझ झल्काउने मुख्य उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ३ : ०९ बजे