१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरीको बलम्बु प्रहरी प्रभागभित्रै चल्यो गोली



६ फागुन । काठमाडौं चन्द्रागिरी नगरस्थित बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ गोली चलेको छ। इन्सपेक्टरका बडीगार्ड र सेवाग्राही घाइते भएको प्रहरीले जनाएको छ।
इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेको बताइएको छ। उक्त पेस्तोलबाट चलेको गोलीले उनका ‘बडीगार्ड’ घाइते भएका छन्।

ड्युटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाले बताए ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।