२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजमार्गमा विस्फोट हुँदा चार घाइते



  सुदूरपश्चिम
९ फागुन । धनगढी डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् ।
सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको उक्त विस्फोटबाट एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिएका छन् ।
  उनले भने, “एस्काभेटरले सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक विस्फोट भएको हो ।” घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
चारैजनाको अनुहार र आँखामा चोट लागेको छ । उनीहरु बोल्नसक्ने अवस्थामा रहेका प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गरिएको छ । घाइते सबै कामदार रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।