१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


भक्तपुरमा बनेपाली परिवारका हजुरबुबादेखि नातीसम्मले खिचेका तस्विर प्रदर्शनी



भक्तपुर
१२ फागुन । भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष अगाडि खिचिएका बनेपाली परिवारका तीन पुस्ताका हजुरबुबादेखि नातीसम्मका तीन पुस्ताका तस्विर भक्तपुरमा प्रदर्शनीमा राखिने भएको छ ।
समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपेशराज शर्माले भक्तपुरकै पहिलो फोटोग्राफर स्व बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार, नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोको प्रदर्शनी गर्न लागिएको पत्रकार सम्मेलनमा बताए ।
भक्तपुर पर्यटन विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुरमै पहिलो पटक तीन पुस्ते ब्रिलियन्ट भक्तपुर तस्विर प्रदर्शनी २०८० को आयोजना गर्ने जानकारी दिएको हो ।

भक्तपुर, काठमाडाँै, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, त्यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने ८० वर्ष अगाडिदेखि ३० वर्ष अगाडिसम्म खिचेका फोटोको प्रदर्शनीमा गरिने भएको उनले बताए ।

भक्तपुरको दरबार क्षेत्रमा यही फागुन १८ र १९ गते आयोजना हुने प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६८ वटा तस्बीर राखिने भएको छ । विसं १९७२ मा भक्तपुरको दत्तात्रयमा जन्मिएका स्व बद्रीप्रसाद बनेपाली १४ वर्षको उमेरमै भारतमा फोटोग्राफी तालिम लिएर फर्केपछि भक्तपुरका घर घरमा गएर फोटो खिचेर व्यावसायिक फोटोग्राफी सुरु गरेको उहाँका छोरा एवं फोटोग्राफर केदार बनेपालीले बताए ।

उनले भने, “बुवाले विसं २०१० मा आफ्नै घरमा दत्तात्रय फोटो स्टुडियो सञ्चालन गरेर भक्तपुरमा व्यावसायिक फोटोग्राफी सुरु गरेका थिए । मैले पनि १२ वर्षको उमेरमा बुवासँगै फोटो खिच्न सुरु गरेको थिए । मेरो छोरा र छोरीले पनि त्यही काम गरिरहेका छन् । अहिले हामी तीन पुस्ताको फोटो प्रर्दशनी गर्न पाउँदा खुसी लागेको छ ।”

प्रदर्शनीमा हाल अस्तित्वमा नरहेका सम्पदाका तस्बिर समावेश हुने उनको भनाइ छ । प्रदर्शनीले सम्पदाको परिवर्तित स्वरूपबारे नयाँ पुस्तालाई जानकारी गराउने र पर्यटकलाई आकर्षक गराउने विश्वास लिएको आयोजक समितिका सचिव रामसुन्दर भेलेले बताए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ३ : ३७ बजे