२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सशस्त्र प्रहरीको पोस्टमा आगलागी, हातहतियार तथा गोलीगट्ठा जलेर नष्ट



१२ फागुन । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले बताए ।

दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको उनले जानकारी दिए । एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ । कति हातहतियार तथा गोलीगगट्ठा क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको बलिरामपुर सशस्त्र प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।