५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लक्षित वर्गले निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने : मेयर बालेन्द्र शाह



१३ फागुन । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले लक्षित वर्गको पहिचान हुने कागज भए निःशुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरेको बताएका छन् ।

भिडियो सन्देश जारी गर्दै मेयर शाहले विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आबद्ध भएका र यसमा ७ सय ४४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध रहेका जानकारी गराएका हुन् ।

‘राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक रहेको’ भन्दै मेयर शाहले पारदर्शी प्रणालीबाट त्सको कार्यान्वयनमा गर्ने बताए ।

यदि कसैले झुटो विवरण पेस गरेर उपचार गरेको पाइए, उपचार गराउने बिरामी र उपचार गरिदिने अस्पताल दुवैलाई कारबाही हुने उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ०९ बजे