२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२९ विगाहा सरकारी जग्गा हडप्ने १७२ जनाविरुद्ध मुद्दा दायर



१३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बालुवाटार भनेर चिनिएको दमक नगरपालिका वडा नं. १३ र १४ मा रहेको सरकार जग्गा हडप्नेहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार २९ विगाहा १७ कठ्ठा ४ धुर जग्गा व्यक्तिको नाममा लैजाने १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

मुद्दा दायर हुनेहरुमा अधिकांश नापी कार्यालय झापाका कर्मचारी रहेका छन् । हाल उक्त जग्गाको बजार भाउ करिब ३४ करोड ६६ लाख ५४ हजार ८ सय ४९ रुपैयाँ हुन आउने अख्तियारको भनाइ छ ।

सरकारी जग्गा हिनामिनामा संलग्नहरुविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र बिगो बमोजिमको जरिवानाको सजाय गरी बिगो असुल उपरको मागदावीसहित मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।