५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्लाटिनम कलेज डिल्लीबजारका सञ्चालक गुरुङ पक्राउ



१३ फागुन । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले गुरुङलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको जानकारी दिए ।

गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।

२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो । प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अधिकृतहरुको भनाइ छ ।

तत्कालीन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले विशेष सूचनाका आधारमा २१ मंसिरमा मध्यराति ११ः४० बजे फ्लाई दुबईको विमानबाट चन्द्र घलेलाई नियन्त्रणमा लिएका थिए । विमानस्थल प्रवेश गर्ने वित्तिकै सुन व्यवस्थापन हुने सूचना पाएपछि विमानबाट नियन्त्रणमा लिएर जाँच गर्दा उनको शरीरमा सुनको ७ वटा विस्कुट फेला परेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : ५१ बजे