१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रहेनन् भजन शिरोमणि भक्तराज आचार्य



१४ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। उनको आइतबार ८१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। तर, अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको संगीतकार हरि लम्सालले बताए।

धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायत गीतहरु निकै चर्चित छन्।

तर, २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।