११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन



१५ फागुन । किसानहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा अगाडि दूध पोखेर प्रदर्शन गरेका छन्। किसानले उत्पादन गरेको दूध बिक्री नभएको र किसानले भुक्तानी नपाएको भन्दै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानका संगठनहरुले मंगलबार दूध पोखेर प्रदर्शन गरेका हुन्।

यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दर्जन बढी किसानको संगठनले सरकारसमक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएका थिए। किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भुक्तानी समेत नपाएको र यसप्रति पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।