१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोदावरी नगरका मेयर गजेन्द्र महर्जन सरकारी गाडी चढेर परिवारसहित पुगे पञ्चकोट



ललितखबर
१७ फागुन । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन आफ्नी श्रीमती सहित सरकारी गाडी चढेर वाग्लुङस्थित पञ्चकोटमा आयोजित धार्मिक कार्यक्रममा पुगेर फर्केको रहस्य खुलेको छ ।
युट्युवमा सार्वजनिक भिडियोमा मेयर महर्जन दम्पती प्रदेश ३ ०१ ००२ झ ४९६३ नम्बर भएको मेयरको गाडी र बा २ झ ३४३३ नम्बरको गाडी उपमेयर मुना अधिकारीले प्रयोग  गर्ने गाडी चढेर पञ्चकोट शयेर गरेको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उपमेयर मुना अधिकारी भने देखिएकी छैनन् ।
भिडियोमा महर्जनले आफू दुई दिनको कार्यक्रम बनाएर पञ्चकोट आएको संवादमा सुन्न सकिन्छ । सरकारी कामकाज भए त केही होला नि त भन्ने प्रश्नमा मेयर महर्जनले हातको इशारामा केही छैन भन्दै गाढीको शिशा लगाएका छन् ।
इलाका खबरको युट्युव च्यानलमा सार्वजनिक भिडियोमा पत्रकार सज्जनकुमार सिंहले गजेन्द्र महर्जनसँग कुराकानी गरेका थिए । भिडियोमा उपमेयरको गाडीमा मेयरकी श्रीमती चढेहेको  देखिन्छ । उनले उपमेयर मुना अधिकारी विरामी भएर नआएको भनेर ढाँटेकी छिन् । उपमेयर महर्जन भने आफू कार्यक्रममा सहभागी भइरहेको र विरामी नभएको जानकारी दिइन् । मेयर महर्जनलाई आवश्यक परेकोले नगरको गाडी भएकाले दिएको अधिकारी बताउछिन् ।
वाग्लुङ, म्याग्दी र पर्वतको संगमस्थल मालढुंगामा  दुई वटा गाडी रोकेर ट्राफिक प्रहरीले रोकेर जाँच गरेको थियो ।
मालढुंगामा रिपोर्टिङ  गर्न पगेका पत्रकार सिंहले   सोधपुछ गरेका थिए । भिडियोमा मेयर महर्जनले गोदावरी नगरमा ५ हजार ५ सय ५५ केजीको घण्टा निर्माण गरेको र त्यसको अवलोकन गर्न आएको बताएका छन् ।
भिडियो खिचिरहेको अवस्थामा मेयर महर्जन रिसाइरहेको देख्न सकिन्छ ।
भष्ट्राचारविरुद्ध नागरिक निगरानी संस्थाका उपाध्यक्ष एकबहादुर केसी संगमले मेयर महर्जनको अभिव्यक्तिले लज्जित बनाएको बताएका छन् । उनले भने,‘गोदावरी नगरपालिकाबासीले दिएको भोटको दुरुपयोग भएको छ । यो गाडी आज गोदावरी नगरपालिकामा हुनु पथ्र्यो । पञ्चकोटमा होइन ।’
पञ्चकोटमा कमलनयनाचार्यले महायज्ञ लगाएका थिए । सो महायज्ञमा गोदावरी नगरको १३ नम्बर वडा झरुवाराशीस्थित लोकप्रिय हस्तकला उद्योगमा ५ हजार ५ सय ५५ घण्टा निर्माण गरिएको थियो ।
हस्तकलाका प्रमुख लोक ढकालले घण्टाको भुक्तानी नगरपालिकाबाट नलिएको ललितखबरलाई जानकारी दिए । उनले भने, ‘नगरपालिकाले नै दान गरेको पनि हुनसक्छ ।’

घटनाका सम्बन्धमा थप जानकारी लिन पटक पटक टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
काठमाडौं महानगरका मेयर वालेन शाहले विरामी श्रीमती अस्पताल उपचार गराउन लैजादा प्रहरीले रोकेपछि लामो विवाद भएको थियो ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ६ : ४६ बजे