२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोकर्णेश्वरमा सेफ्टी ट्याङ्करभित्र भेटियो लागू औषध, एक युवक पक्राउ



काठमाडौं
१७ फागुन । काठमाडौंको गोकर्णेश्वरमा सेफ्टी ट्याङ्करभित्र लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ५ जम्मुडाँडाबाट नियन्त्रित लागूऔषध विनसिरेक्स ४७५ बोतलसहित हरिवन नगरपालिका ३ ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना.८ ख २०२२ नम्बरको सेफ्टी ट्याङ्करलाई जाँच गर्ने क्रममा सिट मुनि उक्त परिमाणको लागूऔषध फेला पारी मोक्तानलाई पक्राउ गरेको हो
। साथै उक्त लागूऔषध ओसार पसारमा प्रयोग गरिएको ट्याङ्कर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।