६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आज देशभर मौसम बदली, काठमाडौंमा छिटपुट वर्षा



काठमाडौं
२० फागुन । पछिल्लो केही दिनदेखि मौसम बदली भइरहेको छ भने आज बिहानैदेखि काठमाडौंको विभिन्न ठाउँमा हल्कादेखि छिटपुट वर्षा भइरहेको छ ।
साथै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
महाशाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी भू–भागका एक(दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।