६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दियो



२० फागुन । कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ । आइतबार प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई ठक्कर दिएको हो ।

कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए । घाइतेको माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहको छ ।

ठक्कर दिने बस चालक नवराज गिरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।