२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चौतारा साँगाचोकगढीमा आगलागीमा परी २०० बाख्रा जले, डेढ करोडको क्षति



२० फागुन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आज आगलागी हुँदा २०० बाख्रा जलेर मरेका छन् ।

आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले जानकारी दिए । हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको हुनसक्ने स्थानीय मीनराज गिरीले बताए । वैदेशिक रोजगारबाट फर्किएका खड्काले रु एक करोड लगानी गरेर बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए । आधुनिक तरिकाले खोर बनाएर दुई तलामै खड्काले बाख्रापालन गर्दै आएका थिए । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको रु एकलाख ५० हजारदेखि दुई लाखसम्म मूल्य पर्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।