११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हनुमन्ते खोलामा स्कुटीसहित एक पुरुष मृत फेला



२१ फागुन । भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा एकजना पुरुष स्कुटीसहित मृत अवस्थामा फेला परेका छन्। इलामको इलाम नगरपालिका ३ घर भई काठमाडौं कोटेश्वर तीनकुने बस्ने छत्र थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

खोलाको बीचमा बा. ८६ प. ९७३० नम्बरको स्कुटीसहित उत्तानो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरीपरिसर भक्तपुरले जनाएको छ। खबर प्राप्त हुनसाथ प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।