६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिन काठमाडौं प्रशासनको आग्रह



२१ फागुन । सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा सो को जानकारी उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्रशासनले त्यस्तो सूचना र प्रमाण वा विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।
देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको, अनधिकृत भोग चलन गरेको लगायतका उजुरी परेको र त्यस्तो भएको पाइएमा दर्ता गर्ने र भोग चलन गर्नेलाई कानुनी कारबाही गरी जग्गा सरकारकै नाममा ल्याउने प्रयोजनका लागि त्यस्तो सूचना दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको हो ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : १५ बजे