१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा बसको ठक्करबाट पैदययात्रीको मृत्यु



२४ फागुन । भक्तपुरमा बसको ठक्करबाट एक पैदययात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका ९ च्यामासिंह चोकमा जगातीबाट लिवालीतर्फ जाँदै गरेको बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ लिवाली बस्ने ८५ वर्षीय विष्णुभक्त प्रजापतिको मृत्यु भएको हो ।
उक्त बसले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको ख्वप अस्पताल च्यामासिंह भक्तपुर हुँदै विएण्डवि अस्पतालमा थप उपचारको क्रममा बुधबार रा िमृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ३ : २४ बजे