१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नारायणगोपाल युवा सङ्गीत पुरस्कार श्रेष्ठलाई प्रदान



काठमाडौँ
२४ फागुन । राष्ट्रिय युवा सेवा कोषले यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका सहिमा क्षेष्ठलाई प्रदान गरिएको छ । कोषले उत्कृष्ट युवा पुरस्कार भने मेनुका पौडेललाई प्रदान गरेको छ ।

काठमाडौँस्थित नेपालकला परिषदमा आज आयोजित कार्यक्रममा श्रेष्ठ र पौडेललाई पुरस्कृत गरिएको हो । ‘धिङ्ताङ–धिङ्ताङमा दलमात्रै कति बजाउने…, ‘ढिकिच्याउ–ढिकिच्याउ’ र ‘राइफल सिरानी’ गीतकी गायिका श्रेष्ठलाई आधुनिक गीत–सङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कोषले रु ४० हजार नगदसहित स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा स्थापित नारायणगोपाल युवा सङ्गीत पुरस्कारबाट सम्मान गरेको हो ।

यस्तै इन्डियन आइडलजस्तो भारतीय चर्चित ट्यालेन्ट शोमा आफ्नो उत्कृष्ट गायनको माध्यमबाट उत्कृष्ट १० मा पुग्न सफल भएकी मेनुका पौडेललाई कोषले उत्कृष्ट युवा पुरस्कार प्रदान गरेको छ । फरक क्षमता भएकी मेनुकालाई रु १० हजार राशिसहित सम्मान गरिएको हो । कोषले शम्भुजित बाँस्कोटा, सङ्गीता शाक्य र सन्तोष श्रेष्ठ रहेको छनोट समिति बनाएको थियो ।

कार्यक्रममा वनस्पति शास्त्री एवं प्राज्ञ तीर्थबहादुर क्षेष्ठले गीत–सङ्गीतका क्षेत्रमा सम्मान गर्ने कुराको पहल स्वर सम्राट नारायणगोपालले नै गर्नुभएको स्मरण गरे । कोषका अध्यक्ष प्रदीपमान वैद्यले गायीकाद्वय रहिमा र मेनुकालाई पुरस्कृत गरेर कोष स्वयम पुरस्कृत भएको उल्लेख गरे ।

कोषका सदस्य सचिव विष्णुबहादुर भण्डारीले ३२ वर्ष अघि स्थापना भएको कोषले हालसम्म ४८ जना श्रष्टालाई सम्मान गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : १४ बजे