१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कवाडी कारखानाजस्तै प्रहरी कार्यालय (तस्विरहरु)



काठमाडौँ 
२६ फागुन । वर्षौँदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं मूल्यका सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर ती सवारीसाधनको प्रयोग भएको छैन । कवाडीको रूपमा हजारौँ सवारीसाधनहरू ट्राफिक प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ ।

थुपारिएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्याङ्क सम्बन्धित ट्राफिक कार्यालयसँग छैन । कतिपय सवारी साधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पत्ति खेर गइरहेको छ । वर्षौँदेखि थन्किएका सवारी साधना केही टुटफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्न सक्ने अवस्थाका पनि छन् । तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन् ।

काठमाडौँ उपत्यकाभित्रका तीन वटै जिल्लाका विभिन्न प्रहरी इकाईमा यस्ता सवारी साधनको चाङ देखिन्छ । यी सवारीसाधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन् । तर कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन् । ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ ।

यसरी होल्ड भएका सवारी साधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पुर्याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन् । तर केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन् । जसले गर्दा दिनप्रति दिन प्रहरी हातामा सवारीको चाङ लाग्दै गएको छ ।


चाङ लागेका सवारी साधन देख्दा प्रहरी कार्यालय नै हो वा कवाडी समान सङ्कलन केन्द्र ? एकछिन सोच्न बाध्य बनाउँछ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रहरी कार्यालयमा थन्किएका सवारी साधनहरूः

 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ५ : २६ बजे