२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर भैँसेपाटी जंगलमा मृत भेटिएका युवकको सनाखत



२९ फागुन । ललितपुर भैँसेपाटी जंगलमा फेला परेको युवकको शवको सनाखत भएको छ। मंगलबार बिहान ललितपुर महानगरपालिका- २५ भैँसेपाटीस्थित सल्लाघारी जंगलमा प्रहरीले एक युवकको शव फेला पारेको थियो।

उक्त शव ललितपुर महानगरपालिका- १८ का ३२ वर्षीय ईश्वर गिरीको भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
गिरी हराएपछि परिवारका सदस्यले उनको खोजीको लागि प्रहरीलाई उजुरी गरेका थिए।

मृतकको शरीरमा कतै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। उनी लागू औषध प्रयोगकर्ता भएको आशंका प्रहरीले गरेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।