१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तीनकुनेमा सञ्चालित हिमालयन ह्वाइट हाउस स्कूललाई आईविको मान्यता



२ चैत । राजधानीको तीनकुनेमा सञ्चालनमा रहेको हिमालयन ह्वाइट हाउस स्कूलले हालैमात्र अन्तराष्ट्रिय बोर्डबाट इन्टरनेश्नल ब्याकलरेट९आईवि०को मान्यता पाएको छ ।
विद्यालयले विज्ञप्तीमार्फत आईवि वल्र्ड स्कूलको मान्यता पाएकोमा खुशी व्यक्त गर्दै यो उपलव्धिले विद्यार्थीलाई मात्रै नभई सिंगो समाजले लाभ उठाउने बताएको छ । आईवि कार्यक्रम अन्र्तगत पठाइने पाठ्यक्रमले विद्यार्थीहरुमा खोज अनुसन्धान तथा जिज्ञासा बढाउनुका साथै विद्यार्थीहरुको ज्ञान सीप र धारणामा समेत अभिबृद्धि गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।
पुर्वप्राथमिकदेखि कक्षा ५ सम्म प्राइमरी एअर प्रोग्रामको पूर्ण मान्यता पाएको यस विद्यालयको कक्षा ६ देखि १० सम्म मिडल एअर प्रोग्राम परिक्षण अवधि सञ्चालन हुने भएको छ ।
आइविओबाट आएका प्रतिनिधिहरुले दुई पटक विद्यालयको भ्रमण गरेर पुर्वाधार,सिकाई विधि,सिकाई उपलर्वाधार र सुविधाहरुको परिपालनाको मुल्यांकन गरेका थिए ।
विद्यालयका अध्यक्ष युवराज शर्माले विद्यार्थी, अभिभावक र शुभेच्छुकहरुले अमूल्य सल्लाह र सुझावपछि यो उपलव्ध हासिल भएकोमा धन्यवाद व्यक्त गर्न चाहेको बताएका छन् । अध्यक्ष शर्माले सबैबाट निरन्तर सहयोग र सद्भावको अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : ०२ बजे