१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको रानीबारीमा दिउँसै ३ लाख बराबरको धनमाल चोरी



४ चैत । काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।

चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ३४ बजे