६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेपालको कुल जनसंख्यामध्ये ७ प्रतिशत काठमाडौंमा, ललितपुर र भक्तपुमा कति ?



४ चैत । काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बस्ने गरेको पाइएको छ। कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये काठमाडौंमा ७ प्रतिशत र सबैभन्दा कम मनाङमा ०.०१ प्रतिशत अर्थात् ५ हजार ६ सय ५८ जना बस्ने गरेको पाइएको छ।
सबैभनदा बढी ऋणात्मक वार्षिक वृद्धिदर रामेछापमा (–१.६७ प्रतिशत) छ। जिल्लाअनुसार देशको सबैभन्दा बढी जनघनत्व (५,१६९ जना) काठमाडौं जिल्लामा पाइएको छ। त्यसपछि भक्तपुर (३,६३१ जना) र ललितपुर (१,४३३ जना) जिल्लामा छ। नेपालको सबैभन्दा कम जनघनत्व भएका जिल्लामा मनाङ (३ जना), मुस्ताङ (४ जना) र डोल्पा (५ जना) पर्छन्।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १ : १० बजे