१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


चलचित्र ‘महाजात्रा’को प्रिमियरमा कलाकारहरुको महाजात्रा (तस्विरहरु)



७ चैत्र । मंगलबार साँझ चलचित्र महाजात्राको राजधानीमा प्रिमियर सम्पन्न भयो । चलचित्र‘जात्रा’ पछि ‘जात्रैजात्रा’ अनि अर्को सिक्वेल महाजात्रा निर्माण गरिएको हो ।
महाजात्राको प्रिमियरमा सहभागी भीड हेर्दा जात्राको बेला सडकमा देखिने भीडकै झल्को दिन्थ्यो । अपेक्षा गरेभन्दा धेरै निम्तालु निम्ताबिनै आएपछि निर्माता म्याक्स दिपेश खत्री तनावमा देखिन्थे । उनी पाहुना व्यवस्थापन गर्न भौतारिरहेका थिए ।


अभिनेत्री बर्षा राउत बोल्ड अवतारमा प्रिमियरमा पुगेकी थिइन् । उनीसँगै उनका श्रीमान् सञ्जोग कोइराला पनि सहभागी थिए । चलचित्र हेरेर फर्केपछि अभिनेता विपिन कार्कीले बर्षालाई अंगाले हालेर बधाई दिए । श्रीमान् संजोगले भने विपिनसँग हात मिलाएर बधाई साटे ।


विरामी अवस्थामा रहेका अभिनेता हरिबंश आचार्यका जोडी मदनकृष्ण श्रेष्ठलाई छोरा यमन श्रेष्ठले डोहो¥याइरहेको दृश्य देखिन्थ्यो । अभिनेता हरिवंश आचार्य र विपिन कार्की हाँसी हाँसी प्रतिकृया दिइरहेका थिए । कलाकार मदनकृष्ण श्रेष्ठ सञ्चारमाध्यमसँग बोलिरहँदा हरिबंश भने अर्कोतिर लागे ।

अभिनेत्री ऋचा शर्मा अभिनेत्री निशा अधिकारीसँगै उभिएर चलचित्रबारे प्रतिकृया दिइरहेकी थिइन् ।
अभिनेत्री केकी अधिकारी चलचित्र हेरेपछि एक्लै सञ्चारमाध्यमलाई प्रतिकृया दिन क्यामेराअगाडि जान साथी खोजिरहेकी थिइन् ।

       

 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ४ : १० बजे