७ चैत । काठमाडौं उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टादेखि मेघगर्जनसहित वर्षा भइरहेको छ ।
काठमाडौंसँगै वाग्मती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा पछिल्लो तीनदेखि ६ घण्टायता वर्षा भइरहेको छ । धेरै ठाउँमा छिटपुटदेखि हल्का र केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।
वाग्मतीसहित कोसी र मधेस प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो ।
प्रतिक्रिया