१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रमुख जिल्ला अधिकारीहरुलाई गृहको ६८ बुँदे निर्देशन



८ चैत । जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापनका लागि कार्यविधि नै संशोधन गरेको गृह मन्त्रालयले ६८ बुँदे निर्देशन जारी गरेको छ।

नयाँ सरकारको काम देखाउन प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे जारी निर्देशनमा नयाँ विषय भने छैनन्। उनीहरुले कार्यसम्पादन गर्दै आएका काम नै स्मरण गराइएको छ।

शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण आदि विषयमा सक्रिय भूमिका खेल्नुपर्ने भन्दै ११ वटा क्षेत्रसम्बद्ध २१ शीर्षकमा निर्देशनहरु दिइएको गृहमन्त्रालयले जनाएको हो।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले देशभरका जिल्ला प्रशासन कार्यालयका लागि एकीकृत निर्देशन जारी गरेका हुन्।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।