२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले समाजवादी मोर्चामा सहभागी नहुने



९ चैत । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि अध्यक्ष ओलीले पार्टी समाजवादी मोर्चामा सहभागी नहुने बताए ।

भेटघाटपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले एमाले समाजवादी मोर्चामा सहभागी नहुने स्पष्ट पारे । एमाले समाजवादी मोर्चामा सहभागी हुने हो भनी सोधिएको प्रश्नमा उनले भने, ‘होइन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए । यसअघि शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।