१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


माल्भिकाले अभिनेत्री केकीलाई भनिन्, ‘तिम्रो कार्यक्रममा बोलेको मलाई पैसा चाहिन्छ । सित्तैमा काम लगाउने ?’



ललितखबर
१२ चैत्र । राजधानीमा अभिनेत्री केकी अधिकारीले पुर्व मिस नेपाल माल्भिका सुव्वालाई एक स्टेजमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेपछि उनले सित्तैमा काम लगाउन खोजेको ? भन्दै प्रतिपश्न गर्दै स्टेजबाटै पारिश्रमिक मागेकी छिन् ।
आइतबार राजधानीको एक होटलले आयोजना गरेको होली कार्यक्रममा एक स्टल बुक गरेर अभिनेत्री केकी अधिकारीले आफू निमात्री रहेको चलचित्र बोक्सीको घरको पोस्टर सार्वजनिक गर्दै थिइन् ।
ठूला ठूला आवाजमा माइक जडान गरिएको स्टेजमा पुर्वमिस नेपा माल्भिका सुव्वा डिजेसँगै झुम्दै कार्यक्रम सञ्चालन गरिरहेकी थिइन् ।
एकाएक सञ्चारकमी मदन रिजाm स्टेज चढे । केकी अधिकारीको चलचित्र बोक्सीको घरको फस्ट लुक्स शुभारम्भका लागि बोल्न पुर्व मिस नेपाल माल्भिकालाई बोलाए । उनले माइकबाटै जवाफ दिइन्,‘तिम्रो कार्यक्रममा बोलेको मलाई पैसा चाहिन्छ । सित्तैमा काम लगाउने ?’
अभिनेत्री केकी अधिकारीले तिमीलाई चलचित्रको स्पेशल शो मा बोलाउछु नि भन्दै फकाइन् ।
पुर्वमिस नेपाल सुव्वा र केकीले चलचित्रको पोस्टरको सार्वजनिक गरे ।
माल्भिकालाई सञ्चारकर्मीले मदनलाई हाम्रो कार्यक्रममा भनाई राखेकोमा धन्यवाद दिए । सुव्वाले फेरि भनिन्, ‘वाई द वे यो मैले सञ्चालन गरेको स्टेज हो । मैले पो कार्यक्रममा बोल्न दिएको ।’्
औपचारिक कार्यक्रममा एकाएक पारिश्रमिक माग्दै सित्तैमा काम लगाउने भन्दै चर्को स्वर सुनेपछि होलि मनाउने मुडमा रमाइरहेका सहभागी ट्वा परेका थिए । सार्वजनिक कार्यक्रममा माल्भिकासँग केकीले कुरा नै नगरी बोल्न लगाएकोले यो अवस्था आएको हुनसक्छ ।
वास्तविक जे भए पनि सार्वजनिक मञ्जमा यसरी प्रतुत हुँदा सेलिब्रेटीहरुको इज्जत होला र ? ह पुर्वमिस नेपाल सुव्वा र अभिनेत्री केकीबीच सुमधुर सम्बन्ध रहेको कारण नोकझोक र ठाक्कठुक्क यसरी नै परिरहेको पनि हुनसक्छ । तर सयौं पाहुना सहभागी औपचारिक कार्यक्रममा यस्तो ठाकठुक सुवाएन । कहाँ कसरी व्यावहार गर्ने विचार गर्ने की ? पुर्व मिस नेपाल माल्भिका सुव्वा अनि केकी अधिकारी ?

 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १० : ४५ बजे