२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१७ युवकले पालैपालो कर्णाली पुलबाट हामफाले, एकजना बेपत्ता(भिडियोसहित)



१२ चैत । कैलाली र बर्दियालाई जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट सोमबार पालैपालो १७ जना युवाले हामफालेका छन् । होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णालीमा हामफालेरका हुन् । त्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन्। कर्णालीमा जोशिएर हामफालेका युवकहरू होली मनाउँदै चिसापानी पुलमा पुगेका थिए।

ती युवक डुबिरहेको दृश्य कैलालीकी पत्रकार इन्दु केसीले कैद गरिरहेकी थिइन्। उनले कैद गरेको भिडिओमा हेर्दा हेर्दै ती युवक कर्णालीमा बिलाउन पुगे।

तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्।

उनीअगाडि हामफालेका १५ जना र उनीभन्दा पछि हामफालेका एकजना युवक कर्णालीमा हेलिँदै किनारमा निस्किए। तर उनी कर्णालीमा हामफालेलगत्तै डुबेर बेपत्ता भएका छन्।

यसरी अन्य साथीहरूसँगै कर्णालीमा हामफालेर बेपत्ता भएका युवक हुन् कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले हामफालेका १७ मध्ये लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएको पुष्टि गरे।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।